सिफारिस

धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटना : गम्भीर घाइते दीपक बोगटीको बरेलीमा उपचारकै क्रममा मृत्यु

धनगढी–अत्तरिया ६ लेन सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका कैलालीको गोदावरी नगरपालिका–६ लालपुरका ४२ वर्षीय दीपक बोगटीको मृत्यु भएको छ।

शनिवार बेलुकी से २ त १५१२ नम्बरको ट्याक्टर र सुदूरपश्चिम प्रदेश ०१००८ प ५७८८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक बोगटी गम्भीर घाइते भएका थिए।

घाइते बोगटीलाई उपचारका लागि भारतको बरेली लगिएकोमा आइतवार राति करिब ११ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार १७ वर्षीया हेमा जोशी घाइते भएकी छन्। उनको हाल उपचार भइरहेको प्रहरीले जनाएको छ।

ट्याक्टर चालक गोदावरी नगरपालिका–५ का ३२ वर्षीय हरिचन्द्र चौधरीलाई ट्याक्टरसहित प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?