सिफारिस

धनगढीमा प्रहरी गणको मेसको छतबाट खस्दा भान्छे सहयोगीको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीस्थित मेसको छतबाट खसेका एक भान्छे सहयोगीको उपचारका क्रममा मृत्यु भएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठेगाना भएका २७ वर्षीय प्रहरी कार्यालय सहयोगी अजय चौधरी सरसफाइ गर्ने क्रममा बिहीबार बिहान करिब ८ बजे मेसको माथिल्लो तलाको छतबाट खसेर गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार, बेहोस अवस्थामा रहेका चौधरीलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?