सिफारिस

सेती प्रादेशिक अस्पतालबाट थुनुवा फरार

धनगढी । कैलालीमा लागुऔषध मुद्दाका एक थुनुवा उपचारका क्रममा अस्पतालबाट फरार भएका छन्।

धनगढी उपमहानगरपालिका–७ मनहेराका ३२ वर्षीय मुकेश रानालाई बिहीबार मिर्गी आएर ढलेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो।

प्रहरीका अनुसार अस्पतालमा निगरानीमा रहेका राना राति करिब पौने ९ बजेतिर भाग्न सफल भएका हुन्। हाल उनको खोजी कार्य तीव्र पारिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिना ले रानाको खोजी भइरहेको जानकारी दिएका छन्।

प्रहरीका अनुसार रानालाई २४ चैतमा १३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो। बिहीबार साँझ करिब ५ बजेतिर मिर्गी आएपछि अस्पताल लगिएको भए पनि होस खुलेपछि प्रहरीको नियन्त्रणबाट उम्किएर फरार भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?