सिफारिस

रास्वपा धनगढी वडा – १ का समिति सदस्य जय बहादुर विकको हृदयघातबाट निधन

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनगढी उपमहानगरपालिका–१ का वडा समिति सदस्य जय बहादुर विकको निधन भएको छ।

विकको २०८३ साल बैशाख २ गते राति करिब ११ बजे हृदयघातका कारण ५३ वर्षको उमेरमा असामयिक निधन भएको हो। उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताइएको छ।

दिवंगत विकप्रति श्रद्धाञ्जली अर्पण गर्दै रास्वपा धनगढी नगर सभापति तुलाराम खनालले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

उनको अन्त्येष्टि आज (बैशाख ३ गते) दिउँसो ३ बजे धनगढीस्थित त्रिवेणी घाटमा गरिने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?