धनगढीः कैलालीको लम्कीचुहा नगरपालिका–५ चौरीस्थित भित्री सडकखण्डमा ट्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।
बुधवार साँझ से १ त ८७५८ नम्बरको ट्याक्टरले घर नजिकै सडकमा खेलिरहेकी ६ वर्षीया डिनल चौधरीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि बर्दगोरिया अस्पताल, बहुनियामा लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घटनापछि ट्याक्टर र चालक लम्कीचुहा नगरपालिका–५ निवासी ३७ वर्षीय रामबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।