सिफारिस

गेटा मनहरा पुल नजिक स्कुटर दुर्घटना : धनगढीका एक जनाको मृत्यु

धनगढीः गोदावरी नगरपालिका–५ गेटा मनहरा पुल नजिक स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

अत्तरिया–धनगढी सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–०१२ प ८४०२ नम्बरको स्कुटर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–७ बस्ने ४५ वर्षीय ओम प्रकाश मल्लको ज्यान गएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?