काठमाडौंको तारकेश्वर–८ डाँडागाउँमा गएराति भएको सवारी दुर्घटनामा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अभय लामा को दुःखद निधन भएको छ।
ड्युटी सकेर मोटरसाइकलमा कोठातर्फ जाँदै गरेका उनलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो। गम्भीर घाइते लामालाई उपचारका लागि बीएण्डबी अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको हो।
ठक्कर दिने ट्रक र चालक राम मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।