सिफारिस

यातायात र ट्राफिकको संयुक्त अनुगमन: १५६ सवारी जाँच, ३६ कारबाही, ८१ हजार ५ सय जरिवाना

कैलाली — यातायात व्यवस्था कार्यालय धनगढी कैलाली र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढी कैलालीको संयुक्त टोलीले घोडाघोडी नगरपालिका–१ सुखड क्षेत्रमा सवारी साधनको छड्के अनुगमन गरेको छ।

अनुगमनका क्रममा १५६ वटा सवारी साधन जाँच गरिएकोमा नियम उल्लङ्घन गर्ने ३६ वटा सवारीलाई कारबाही गरिएको छ। ती सवारीहरूबाट न्यूनतम १५०० रुपैयाँदेखि ७००० रुपैयाँसम्म जरिवाना लिइएको यातायात व्यवस्था कार्यालय कैलालीले जनाएको छ। उक्त कारबाहीबाट कुल ८१ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ।

टोलीले सुदूरपश्चिम प्रदेश यातायात व्यवस्था नियमावली २०८० को दफा ७५ तथा सोही दफाको उपदफा (२) बमोजिम अनुगमन गरेको हो। साथै, सुदूरपश्चिम प्रदेश यातायात व्यवस्था ऐन २०७९ को दफा १८६ (१) लगायत प्रचलित कानुन अनुसार कारबाही तथा जरिवाना असुल गरिएको जनाएको छ।

ट्राफिक नियम उल्लङ्घन नियन्त्रण गर्न यस्ता अनुगमनलाई निरन्तरता दिने सम्बन्धित निकायले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?