सिफारिस

जनकपुरमा सशस्त्र प्रहरी निरीक्षक ४० हजार घुससहित रंगेहात पक्राउ

जनकपुरधाम: अख्तियार दुरुपयोग अनुसन्धान आयोग को बर्दिबास कार्यालयले घुस लिएको आरोपमा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक ओकिल अधिकारीलाई पक्राउ गरेको छ।

आयोगले स्टिङ अपरेशन सञ्चालन गरी उनलाई नियन्त्रणमा लिएको हो। अधिकारीलाई लालगढ, पूर्व–पश्चिम राजमार्गबाट पक्राउ गरिएको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिएका छन्।

कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डमा माटो तथा ग्राभेल फिलिङ कार्यमा संलग्न सवारी साधनहरूलाई अनावश्यक रूपमा रोकिने, अवरोध सिर्जना गरिने र घुस मागिने गरेको उजुरीका आधारमा आयोगले निगरानी गरिरहेको थियो।

सोही क्रममा निरीक्षक अधिकारीलाई ४० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरिएको हो। हाल उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?