सिफारिस

धनगढीमा बिचौलियामाथि प्रहरीको कडा प्रहार: यातायात र मालपोतबाट १२ जना नियन्त्रणमा

धनगढी – कैलालीको धनगढीस्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय क्षेत्रमा वर्षौंदेखि मौलाउँदै आएको बिचौलिया प्रवृत्तिमाथि जिल्ला प्रहरी कार्यालय कैलालीले कडा एक्सन थालेको छ। सेवाग्राहीलाई अनावश्यक दुःख दिने, “काम मिलाइदिन्छु” भन्दै अवैध रूपमा रकम असुल्ने तथा बिना लाइसेन्स लेखापढी गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार यातायात व्यवस्था कार्यालयबाट ७ जना र मालपोत कार्यालय धनगढीबाट ५ जना बिचौलिया समातिएका हुन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा परेकाहरूले सेवाग्राहीलाई विभिन्न बहानामा झुक्याएर हैरानी दिने, गैरकानुनी रूपमा कागजी काम गर्ने र छिटो सेवा दिलाउने नाममा रकम असुल्ने जालो फैलाएका थिए।

प्रवक्ता तिमिल्सिनाले सरकारी कार्यालयभित्रै हुने यस्ता अनियमितता अन्त्य गर्न अभियान निरन्तर रहने स्पष्ट पार्दै सेवाग्राहीलाई कुनै पनि बिचौलियाको प्रलोभनमा नपर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?