सिफारिस

गेटा सामुदायिक वन मा युवक मृत अवस्थामा फेला

धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ स्थित गेटा सामुदायिक वन मा एक युवक मृत अवस्थामा फेला परेका छन्।

स्थानीय बासिन्दाका अनुसार घाँस काट्न गएका बेला युवकलाई अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेना का अनुसार सूचना प्राप्त हुनासाथ प्रहरी टोली आवश्यक साधनसहित घटनास्थलतर्फ पठाइएको छ।

घटनाबारे थप विवरण अनुसन्धान प्रक्रिया अगाडि बढेपछि मात्र थाहा हुने उनले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?