सिफारिस

सुदूरपश्चिमका मुख्यमन्त्रीमाथि कमिसन आरोप लगाउने भट्ट पक्राउ

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ वन डिभिजन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले भट्ट पक्राउ परेको पुष्टि गरेका छन्। उनका अनुसार भट्टविरुद्ध मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएका थिए।

प्रहरीका अनुसार सोही जाहेरीका आधारमा अनुसन्धानका लागि भट्टलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि भट्टले मुख्यमन्त्री कमलबहादुर शाहले आफूलाई घुस मागेको आरोप सार्वजनिक रूपमा लगाएका थिए, जसपछि उक्त विषय प्रदेश राजनीतिमा चर्चाको विषय बनेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?