सिफारिस

पूर्वमन्त्री तारामान गुरुङ ८ दिन हिरासत बसेर छुटे

पूर्वराज्यमन्त्री तारामान गुरुङ ८ दिन प्रहरीको हिरासतमा बसेर छुटेका छन् । भदौ १८ मा पक्राउ परेका गुरुङ भदौ २६ मा छुटेका हुन् ।

बैङ्किङ कसुर मुद्दामा पक्राउ परेका गुरुङले जाहेरवालालाई बुझाउनुपर्ने रकम बुझाएर छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले रातोपाटीलाई बताए ।गुरुङ कांग्रेसको अनुशासन समितिका संयोजक हुन् । दोर्जे शेर्पालाई ३३ लाख ५० हजार, रिगुज्याम्पु शेर्पालाई १४ लाख र सुनुर्पु शेर्पालाई २४ लाख रुपैयाँ तिरेर उनी रिहा भएका हुन् ।

काठमाडौँका एसएसपी घिमिरेले भने– ‘भदौ १८ मा हामीले नियन्त्रणमा लिएका थियौँ, मिलापत्र गरेर उहाँ छुट्नुभएको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार