सिफारिस

नेकपाको प्रश्न– बाढीमा ज्यान गुमाएकाको डीएनए रिपोर्ट कहिले ?

० भदौ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत आयोजनाका सुरुङमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यको उपलब्धीबारे संसदलाई जानकारी गराउन माग गरेका छन् ।

प्रतिनिधि सभाको मंलगवारको बैठकमा बोल्दै उनले जलविद्युत् आयोजनाका सुरुङमध्ये कति वटामा खोज तथा उद्धार कार्य सम्पन्न भयो ? र कति वटामा अझै जारी छ भन्नेबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने बताए ।

‘जलविद्युत आयोजनाका सुरुङहरूमध्ये कति वटामा खोज र उद्धार कार्य सम्पन्न भयो ? कति वटामा जारी छ ? माथिल्लो त्रिशूली ए (२१६ मेगावाट)को खोजि कार्यको पछिल्लो अवस्था के छ ? धेरै जना पीडितहरू आफन्तको अन्तिम संस्कार गर्नको लागि डीएनए रिपोर्टको पर्खाइमा हुनुहुन्छ,’ सांसद मल्लले भने ।

सांसद मल्लले मृतक तथा बेपत्ता व्यक्तिको पहिचानका लागि भइरहेको डीएनए परीक्षण तत्काल सम्पन्न गरी त्यसको औपचारिक जानकारी पीडित परिवार र आम नागरिकलाई दिन सरकारसँग माग गरे । बाढीपीडित परिवार आफन्तको अन्तिम संस्कार गर्न डीएनए रिपोर्टको पर्खाइमा रहेको उल्लेख उनले गरे ।

‘परीक्षण कहिले सकिन्छ र आम नागरिकले त्यसको औपचारिक जानकारी कहिले पाउँछन् ? प्रहरी संगठनले मृतक तथा बेपत्ता सुरक्षाकर्मीको लागि राहत घोषणा गरेजस्तै मृतक परिवारको राहत तथा उद्धार कार्यको लागि सरकारले राहत प्याकेज कहिलेसम्म घोषणा गर्छ ? होल्डिङ सेन्टरमा रहेका बालबालिकाको नियमित पठनपाठन कहिलेखि शुरु हुन्छ ? बालबालिकाकेन्द्रित मनोपरामर्श र किशोरी सुरक्षाको कार्यक्रम तत्काल शुरु गरियोस्,’ सांसद मल्लले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार