सिफारिस

बसको ठक्करबाट काठमाडौँमा स्कुटर चालकको मृत्यु

काठमाडौँ र पाँचथरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका-३ स्थित सडकमा बा.५ ख ३६७१ नम्बरको बसले बा.५३ प २४८५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा मंगलबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक बुढानीलकण्ठ नगरपालिका-१३ बस्ने २२ वर्षीय समिर श्रेष्ठको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको छ। स्कुटरमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै पाँचथरको फिदिम नगरपालिका-१२ मिलन चोकस्थित सडकमा मे.१ त ५९३२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना भएको छ। दुर्घटनामा हिलिहाङ गाउँपालिका-११ अमरपुर बस्ने १८ वर्षीय सहचालक पवन मोतेको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार