धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायको महत्वपूर्ण पर्व अटवारीको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री भट्टले आइतबार शुभकामना सन्देश जारी गर्दै अटवारी पर्वका अवसरमा सम्पूर्ण थारू समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन्।
उनले अटवारी पर्वले आपसी सद्भाव, मेलमिलाप, भाइचारा र सामाजिक एकतालाई अझ सुदृढ बनाउँदै मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा थप ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्।
मुख्यमन्त्री भट्टले अटवारीलाई थारू समुदायले परम्परागत रूपमा मनाउँदै आएको पवित्र एवं महत्वपूर्ण पर्वका रूपमा उल्लेख गर्दै पर्वको अवसरमा सम्पूर्ण समुदायमा शुभेच्छा व्यक्त गरेका हुन्।
आज थारू समुदायमा अटवारी पर्व मनाइदै छ।