सिफारिस

साल्ट ट्रेडिङद्धारा सहज र सर्वसुलभ आपूर्ति व्यवस्थापन

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले देशमा विपत् वा अप्ठ्यारोको अवस्थामा पनि खाद्यान्न आपूर्ति शृङ्खलालाई नियमित राख्दै आएको छ। प्राकृतिक वा मनसुनजन्य विपत् र सडक अवरुद्ध हुँदा कृत्रिम अभाव हुन नदिन कर्पोरेसनले सहज र सर्वसुलभ आपूर्ति व्यवस्थापन गरिरहेको जनाएको छ।कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश झाले नुन र चिनीलगायतका वस्तुमा सधैँ ‘बफर स्टक’ सुरक्षित राख्ने गरिएको जानकारी दिए। भूकम्प, कोभिड र बाढीपछिको अवस्थामा पनि अत्यावश्यक खाद्य सामग्रीको आपूर्ति नियमित हुँदै आएको छ।

अहिलेको अवस्थामा कर्पोरेसनले १० दिनभित्रै सल्टाउने गरी ग्यास आपूर्ति बढाउन थालेको छ। कर्पोरेसनसँग तत्काललाई आवश्यक चिनी पर्याप्त मौज्दात रहेकाले अभाव नहुने झाले स्पष्ट पारे। भन्सार छुटमा भारतबाट १० हजार टन चिनी ल्याउने प्रक्रिया अघि बढेको छ भने कर्पोरेसनको आफ्नै पहलमा ल्याइएको २ हजार ५ सय मेट्रिक टन चिनी वीरगन्ज भन्सार आइपुगेको छ। आन्तरिक उद्योगबाट खरिद गर्ने १२ हजार मेट्रिक टन आउने क्रममा रहेको र आगामी सात महिनाका लागि नुन मौज्दात रहेको उनले बताए।

सार्वजनिक–निजी साझेदारीमार्फत सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड २०२० भदौ २७ गते स्थापना भएको हो। सुरुमा मुलुकभर आयोडिनयुक्त नुनको सहज आपूर्ति गर्ने उद्देश्य राखेको कर्पोरेसनले अहिले दैनिक उपभोग्य वस्तुदेखि कृषि सामग्री आपूर्तिसम्मको काम गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार