कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका–२, टिनबजारस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा लहरी ट्रकको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन्।
प्रहरीका अनुसार २०८३ भदौ २७ गते साँझ करिब ७:३० बजे सडकपुरतर्फबाट पूर्व जाँदै गरेको लहरी ट्रकले पैदल हिँडिरहेका यमराज हमाल (अन्दाजी ४५/५० वर्ष) लाई ठक्कर दिएको हो।
दुर्घटनामा घाइते हमाललाई स्थानीय बर्दगोरिया अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ।
ट्रक र चालक विक्रमबहादुर शाह (२३ वर्ष) प्रहरीको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।