अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान (एमबीएस) बीच हालै दुई पटक टेलिफोन वार्ता भएको छ।
समाचार वेबसाइट एक्सियोसका अनुसार उक्त वार्ताका क्रममा क्राउन प्रिन्सले यमनका हुथी विद्रोहीहरूविरुद्ध कडा सैन्य कदम चाल्न अमेरिकालाई आग्रह गरेका थिए। तर, राष्ट्रपति ट्रम्पले साउदी अरबको उक्त मागलाई अस्वीकार गरिदिएका छन्।
यसैबीच रातो सागर र रणनीतिक रूपमा महत्त्वपूर्ण ‘बाब अल-मान्देब’ जलडमरूमध्यमा आफ्नो नियन्त्रण बलियो बनाएको दाबी गर्दै हुथी विद्रोहीहरूले साउदीका तटीय बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लगाएको घोषणा गरेका छन्।
यसको जवाफमा साउदी नेतृत्वको यमनी सरकारी फौजले तटीय शहर मोखा वरपरका हुथी ठेगानाहरूमा तीव्र आक्रमण गरेको छ। तनाव बढ्दै जाँदा शनिबार राति हुथीले दागेको क्षेप्यास्त्र साउदीको सीमावर्ती क्षेत्रमा खस्दा दुई जना घाइते हुनुका साथै एक मस्जिद, थुप्रै भवन र सवारी साधनहरूमा क्षति पुगेको छ।