सिफारिस

जोखिमयुक्त भोटेकोशी र त्रिशूली किनारमा फेरि बस्ती बसाल्न हुन्न: मुख्यमन्त्री किरण थापामगर

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बाढीबाट प्रभावित भएका नागरिकहरूलाई पुनर्स्थापित गर्दा भोटेकोशी र त्रिशूली नदीका दायाँ–बायाँ फेरि बस्ती बसाल्नु उपयुक्त नहुने स्पष्ट पारेका छन्। शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ती क्षेत्रहरू अझै पनि जोखिमपूर्ण रहेकाले दीर्घकालीन सोचका साथ सुरक्षित स्थानमा मात्रै बस्ती स्थानान्तरण र पुनर्स्थापना गरिनुपर्नेमा जोड दिएका हुन्। मुख्यमन्त्री थापामगरका अनुसार जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित राख्नका लागि स्थानीय तहहरूले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भइसकेको छ। यसैअनुसार नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा प्राप्त भइसकेको र रसुवामा पनि उपयुक्त जग्गाको खोजी भइरहेको जानकारी दिँदै उनले प्रदेश सरकार बाढी तथा विपद् प्रभावित नागरिकको स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अघि बढिरहेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?