सिफारिस

बाढीले चीनतर्फ ४३ जनाको मृत्यु, ५१९ जना बेपत्ता

भदौ १० मा तिब्बत क्षेत्रमा आएको बाढीले चीनतर्फ मृत्यु हुनेको संख्या ४३ जनाको मृत्यु भएको छ।

शुक्रबारसम्म ४३ जनाको शव निकालिएको चिनियाँ राज्य नियन्त्रित संचारमाध्यम सिजिटएनले जनाएको छ।

दुई जनालाई बाढीग्रस्त क्षेत्रबाट जीवितै उद्धार गरिएको छ।

बाढीमा परी ५१९ जना सम्पर्कविहीन रहेको पनि सिजिटिएनले जनाएको छ।

तीमध्ये २३ देशका २६१ जना छन्।

खोजीकार्य जारी रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन्।

माथिल्लो क्षेत्रमा हिमचट्टान फुटेर ल्हेन्दे खोलामा मिसिएपछि ठूलो बाढीले नेपालतर्फ भीषण क्षति गरेको छ।

शुक्रबार बेलुकीसम्म १३८६ जनाको मृत्यु र ५ हजार १३० जना बेपत्ता छन्।

बाढी पहिरोमा परेकाहरूको खोजी, उद्धार तथा राहतका लागि चीनले पनि सहायता पठाइरहेको छ।

उसले सुरूङ उद्धार टोली, डिएनए विशेषज्ञ, अत्यावश्यक सामग्री र ३२० टन बेली ब्रिज पठाएको सिजिटिएनको समाचारमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?