यो कम्पनीले उत्खनन् गर्न पाउने समय भनेको आगामी असोज १ गतेदेखि मात्रै हो। तर केही दिनअघि नै यहाँ उत्खनन गरियो।
यता नगरपालिकाका प्रमुख श्याम श्रेष्ठले पनि यसबारे आफूले बुझ्न भनेको बताए। ‘असोज १ गतेदेखिको अनुमति लिएर अहिले नै उत्खनन गर्न त पाइँदैन,’ उनले भने, ‘हामीले नगरप्रहरी पठाएका थियौं नदीमा हेर्नलाई तर भेटिएन। यो कम्पनीले यहाँ एउटा सडकको कामको लागि आवश्यक सामग्री निकाल्न अनुमति पाएको छ। अरु चाहिँ मैले पनि बुझ्नैपर्छ।’
नगरपालिकाका राजस्व शाखा प्रमुख रामवृक्ष महतोले पनि सम्झौताअघि उत्खनन गर्नु गैरकानुनी हुने बताउँछन्।