२६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले ग्यास अभावको विषयलाई लिएर आफूलाई दैनिक हजारौं कल आउने गरेको बताएकी छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पसलमा ग्यास भए पनि पसलेले ग्यास बेच्न नमानेको भनेर पनि जानकारी आउने गरेको बताइन् ।‘यो त लासामा सुन छ कान मेरो बुच्चै छ जस्तो भएन र सभामुख महोदय ?’ उनले भनिन्, ‘के यो देशमा सरकार भन्दा ठूलो माफिया नै हो त ? यसको जवाफ यस सदनको सबैभन्दा नजिकको व्यक्तित्व सभामुखज्यूबाट नै पाउनेछु भनेर आस गरेको छु ।’
पसलमा भएको ग्यास हेरेर भोकभोकै बस्नुपर्ने दिन ल्याउनकै लागि रास्वपालाई जनताले दुई तिहाइको मत दिएर पठाएको हो त ? भनेर पनि उनले प्रश्न गरिन् ।ग्यास छैन भने सरकारले छैन भनेर घोषणा गरेर जनतालाई दाउरा खोजेर भात पकाएर खाउ भन्नुपर्ने उनको आग्रह छ ।
होइन भने ग्यासको लागि मात्रै मन्त्रि परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीको लाइन बढी हुने उनले बताइन् ।