सिफारिस

रङ्गमञ्च नीति निर्माणमा पेशागत संस्थालाई सहभागी गराउन नाट्यकर्मी महासंघको आग्रह

काठमाडौं । नाट्यकर्मी महासंघले रङ्गमञ्चसम्बन्धी नीति, योजना तथा कार्यक्रम निर्माण गर्दा सम्बन्धित पेशागत संघ-संस्थासँग परामर्श र सहकार्य गर्न माग गरेको छ ।

महासंघले सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानलाई ज्ञापनपत्र बुझाउँदै रङ्गमञ्च क्षेत्रसँग सम्बन्धित नीति तथा कार्यक्रम तर्जुमा गर्दा सरोकारवाला पेशागत संस्थाको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको हो ।महासंघ अध्यक्ष राजेन्द्र रिमाल नेतृत्वको टोलीले प्रतिष्ठानको कार्यालयमा कुलपति ब्रजेश खनाललाई ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा रङ्गमञ्चसम्बन्धी नीति, योजना तथा कार्यक्रम निर्माण गर्दा सम्बन्धित पेशागत सङ्घ-संस्थासँग आवश्यक परामर्श, समन्वय र सहकार्य गर्नुपर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको छ ।

ज्ञापनपत्र बुझ्दै कुलपति खनालले महासङ्घले उठाएका माग तथा विषयप्रति आफू सकारात्मक रहेको प्रतिबद्धता जनाएका थिए । महासङ्घका माग सम्बोधनका लागि आवश्यक पहल र सहकार्य गर्न निरन्तर संवाद आवश्यक रहेको उनको भनाइ थियो ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्रतिष्ठानका रङ्गमञ्च विभाग प्रमुख जीतबहादुर देउजा (विजय विस्फोट) र नाटक विभाग प्रमुख सरस्वती चौधरीको पनि सहभागिता थियो ।

महासङ्घका तर्फबाट अध्यक्ष रिमालसहित उपाध्यक्ष सिर्जना अधिकारी र राम केसी, महासचिव जेबी डिसी, सचिव अशोक सिवाकोटी र सहकोषाध्यक्ष प्रभन भुषाललगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार