धनगढी । कञ्चनपुरमा करेन्ट लागेर शिक्षिकाको मृ*त्यु भएको छ ।
भीमदत्त नगरपालिका– ४ को बसपार्क बस्ने २८ वर्षीया सन्तोशी अधिकारी बस्नेतको करेन्ट लागेर मृ*त्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार उनलाई बिहीबार दिउँसो साढे ३ बजेतिर भाडा धोइरहेका बेला करेन्ट लागेको थियो ।
बस्नेतको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
मृत क बस्नेत शिक्षक समेत हुन् । उनी महेन्द्रनगरमै अध्यापन गराउदै आएकी थिइन् ।