२६ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि चुनावमा पर्ने असरको बावजुद आफूलाई इरानविरुद्ध युद्ध सुरु गरेकोमा कुनै पछुतो नरहेको बताएका छन्।
फक्स न्युजसँगको अन्तर्वार्तामा चुनावमा पर्ने असरबारे सोधिएको थियो। त्यसक्रममा ट्रम्पले भने, ‘म पछुतो शब्दमा विश्वास गर्दिन। तपाईं सधैं आफूलाई थोरै प्रश्न गर्न सक्नुहुन्छ।’बिहीबार प्रसारण भएको कार्यक्रम द इन्ग्राहम एंगलमा ट्रम्पले आफ्नो निर्णयको बचाउ गरे। उनले भने, ‘यदि मैले यो फेरि गर्नुपरेमा, मैले जे गरेँ सोही गर्ने थिएँ।’
ट्रम्पले आफ्ना केही समर्थकहरू युद्धबाट रिसाएका र हतोत्साहित भएका दाबीहरूलाई पनि अस्वीकार गरे।