सिफारिस

स्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ

धनगढी । कैलाली प्रहरीले स्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार राति करिब १२ बजे धनगढी उपमहानगरपालिका–४ घरेलु चोकबाट भारत पञ्जाब पटियाला बस्ने १८ वर्षीय अमिन्द्र सिंहलाई शंकास्पद अवस्थामा हिँडिरहेको फेला पारी खानतलासी गरिएको थियो।

खानतलासीका क्रममा उनको साथबाट भारतीय ५०० रुपैयाँ दरका १ हजार थान नोट गरी जम्मा ५ लाख भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले अमिन्द्र सिंहलाई पक्राउ गरी नेपाल राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा दर्ता गरेको छ। उनलाई कैलाली जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार