सिफारिस

रसुवा बाढीपीडितका लागि चिरञ्जिवी पोलिक्लिनिकको ३ लाख ३३ हजार ३३३ सहयोग

धनगढी । डडेल्धुराको चिरञ्जिवी पोलिक्लिनिकले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा पुनर्स्थापनाका लागि ३ लाख ३३ हजार ३३३ रुपैयाँ सहयोग गरेको छ।

पोलिक्लिनिकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री विपद् कोषमा जम्मा गरेको हो। बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको पोलिक्लिनिककी डा. निर्मला भट्टले जानकारी दिइन्।

रसुवामा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार तथा राहतका लागि देशभरबाट सहयोग जुटिरहेको छ। सोही अभियानमा ऐक्यबद्धता जनाउँदै चिरञ्जिवी पोलिक्लिनिकले पनि सहयोग गरेको हो।

डडेल्धुरा सदरमुकाममा डेढ दशकदेखि सञ्चालनमा रहेको पोलिक्लिनिकले भिडियो एक्सरे, प्रयोगशाला, आकस्मिक सेवासहित विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। साथै, सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् तथा सामाजिक क्षेत्रमा आवश्यक सहयोग गर्दै आएको पोलिक्लिनिकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार