सिफारिस

एमालेले छोडेको मन्त्रालयमा नेसपाका फणीन्द्र नियुक्त हुँदै, आजै शपथको तयारी

पोखरा । गण्डकीमा एमालेले छोडेको मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न लागिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् ।

आजै साढे ११ बजे नयाँ मन्त्रीको शपथ गराउने तयारी छ । ‘मन्त्रीको नियुक्ति आजै हुँदै छ, शपथको लागि तयारी गरिएको छ,’ मुख्यमन्त्री सचिवालयले भन्यो ।

आज एकजनामात्रै मन्त्री नियुक्त गर्न लागिएको बताइएको छ । नेपाल समाजवादी पार्टी (नेसपा)का फणीन्द्र देवकोटा मन्त्रीमा नियुक्त हुन लागेका हुन् । उनको मन्त्रालयबारे टुंगो लागेको छैन । अहिले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग तथा पर्यटन मन्त्रालय रिक्त छ ।

केन्द्रमा भएको निर्णय अनुसार गण्डकी सरकारबाट एमालेका चारैजना मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् ।

उनी यसअघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री थिए । जेनजी आन्दोलन भएपछि उनले मन्त्रीबाट राजीनामा दिएका हुन् । त्यसपछि सरकार बाहिर भएपनि सरकारलाई समर्थन कायम राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार