सिफारिस

१३ किलो ९०५ ग्राम चरेस सहित २ जना कञ्चनपुरमा पक्राउ

कञ्चनपुर । कृष्णपुर नगरपालिका –०५ गजरौलाबाट १३ किलो ९०५ ग्राम चरेस सहित २ जनालाई पक्राउ गरिएको छ ।

शुक्रबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४८११ नम्बरको बोलेरो पिकअप जिप रोकी चेकजाँच गर्ने क्रममा जिपको अगाडिको बोनटमा सेतो कट्टाभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाई राखेको अवस्थामा उक्त लागुऔषध चरेस फेला परेको हो ।

उक्त लागुऔषध सहित जिप चालक जिल्ला बझाङ, बुंगल नगरपालिका –०१ बस्ने २२ वर्षीय कलक धामी र जिपमा सवार बझाङ, केदारस्युँ गाउँपालिका –०७ बस्ने ५० वर्षीय करन धामीलाई पक्राउ गरिएको छ भने उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?