जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादव संघीय सरकारको पूर्वस्वीकृति बिनै भारत भ्रमणमा गएका छन्। विदेश भ्रमण जाँदा संघ सरकारसँग पूर्वस्वीकृति लिने परम्परा रहे पनि उनी मन्त्रिपरिषद्को सहमतिविना नै प्रस्थान गरेका हुन्।
गृहमन्त्री फकिरा महतोका अनुसार मुख्यमन्त्री यादव मन्त्री र स्वकीय सचिवसहित भारतको देवघरस्थित बाबा वैद्यनाथ धाम (बाबाधाम) पूजाआजाका लागि गएका थिए। धार्मिक कार्यक्रममा सहभागी भई उनी आइतबार राति जनकपुर फर्किसकेका छन्।
मुख्यमन्त्री यादवले भने आफू कूटनीतिक नभई व्यक्तिगत धार्मिक यात्रामा गएकाले केन्द्रको सहमति आवश्यक नपरेको दाबी गरेका छन्। उम्मेदवार र मुख्यमन्त्रीहरूले यसअघि स्वीकृति लिने गरे पनि यसपटक प्रक्रिया पालना नभएको भन्दै संघ र प्रदेशबीचको समन्वयमाथि प्रश्न उठेको छ।