निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल रुप्से झरना हुँदै मुस्ताङ सदरमुकाम जोमसोमतर्फ अघि बढ्नुभएको छ।
शनिबार दिउँसो म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित रुप्से झरना क्षेत्रमा पुगेको प्रधानमन्त्री र उहाँको सुरक्षाकर्मीको सवारी टोली अन्य पर्यटकजस्तो फोटो वा भिडियो खिच्न नरोकिई सिधै आफ्नो गन्तव्यतर्फ लागेको हो।
म्याग्दीको प्रसिद्ध तातोपानीस्थित होटेल न्याचुरल स्प्रिङमा करिब एक घण्टा विश्राम र जलपानपछि प्रधानमन्त्रीको टोली जोमसोमतर्फ प्रस्थान गरेको थियो।
प्रधानमन्त्रीको सवारी र अगुवापछुवा सुरक्षाकर्मीका गाडीहरू म्याग्दी र मुस्ताङको सीमा क्षेत्र हुँदै अघि बढेका छन्।
मुस्ताङ जाने अधिकांश पर्यटकहरू रुप्से झरनामा रोकिएर तस्बिर खिच्ने गरे पनि प्रधानमन्त्रीको टोली भने नरोकिई अगाडि बढेको हो
