धनगढी । कैलालीमा सवारी ज्यान मुद्दामा करिब १८ वर्षदेखि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३, चटकपुरका ४७ वर्षीय रामबहादुर मल्ल रहेका छन्। उनी १७ वर्ष ९ महिना ६ दिनदेखि फरार रहेको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मल्ललाई मंगलबार अस्थायी प्रहरी पोस्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो।
पक्राउ परेका मल्ललाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।