सिफारिस

कानून समितिको कार्यविधि पारित

काठमाडौं । संघीय संसद कानून, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित गरिएको छ ।

बुधवार सिंहदरबारमा बसेको समितिको बैठक दफावार छलफल गरी सो कार्यविधि सर्वसम्मति पारित गरिएको हो ।

समितिका सदस्यहरुले सुझावहरुलाई समेत समेटिएर उक्त कार्यविधि पारित गरिएको समितिकी सभापति समिक्षा बास्कोटाले बताइन् ।

उनले उक्त कार्यविधिमा प्रतिनिधि सभा नियमावली गरिएको नयाँ व्यवस्थाहरू पनि समावेश गरिएको बताइन् ।

‘समितिको कार्यविधि मस्यौदा कानून, न्याय तथा मानव अधिकार समितिको कार्यविधि, २०८३ माननीय सदस्यहरुबाट प्राप्त भएको सम्पूर्ण सुझावहरुलाई समावेश गरेर सर्वसम्मतिले पारित गरिएको घोषणा गर्दछु । यो कार्यविधि हामीले यथेष्ट छलफल गरेर पारित गरेका छौं,’ उनले भनिन् ।

बैठकमा सांसदहरूले संवैधानिक आयोगका प्रतिवेदनहरु कार्यान्वयनका लागि सरकारलाई दबाब दिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार