धनगढी । कैलालीको धनगढी–४ स्थित नवजीवन अस्पतालमा उपचारका क्रममा नगोदावरी–६ लालपुर निवासी सनम बिकको मृत्यु भएकोछ। मृतकका परिवारले अस्पतालले गम्भिर लापरवाही गरेको दावी गरेका छन् ।
आफन्तका अनुसार सनमको केही दिनअघि टनसिलको शल्यक्रिया गरिएको थियो। शल्यक्रियाको ८–९ दिनपछि पुनः रगत बग्न थालेपछि चिकित्सकको सल्लाहमा उनलाई अस्पताल ल्याइएको थियो।
अस्पताल पुगेपछि सनमले आफ्नो टाउको अत्यधिक दुखिरहेको र अवस्था असहज रहेको भन्दै सुई नलगाउन आग्रह गरिरहेकी थिइन्। तर नर्सले सुई लगाएपछि उनी केही क्षणमै बेहोस भएकी र त्यसपछि आईसीयूमा सारिएको आफन्तको दाबी छ। केही समयपछि उनको मृत्यु भएको बताइएको छ।
मृतकका आफन्तले उपचारमा गम्भीर लापरवाही भएको आरोप लगाएका छन्।