सिफारिस

मध्यरातमा ब्रउनसुगर सहित पक्राउ परे बेलडाँडीका ३ युवा

बेलौरी । बेलडाडी प्रहरीले मध्यरातमा लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ ।

सोमबार राती साढे ११ बजेको समयमा ईलाका प्रहरी कार्यालय बेलडाडी र प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका १० स्थित ३३ नम्बर सिमा स्तम्भ नजिकबाट २.१२ ग्राम लागू औषध ब्राउनसुगर सहित ३ जनालाई पक्राउ गरेको हो ।

बेलडाँडी प्रहरीका अनुसार पक्राउ पर्नेमा बेलडाडी गाउँ पालिका २ चवन्नी खल्ला बस्ने  २४ वर्षिय सुरेन्द्र राना ,१८ वर्षीय जोन राना ,२३ वर्षीय लोकेन्द्र राना रहेका छन ।

प्रहरीले उनिहरुको साथबाट भारतिय नम्बर DL3SFV2324 प्लेटको मोटरसाइकल समेत बरामद गरेको छ ।

अहिले पक्राउ परेका ३ जनालाई ईलाका प्रहरी कार्यालय बेलडाडीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार