सिफारिस

धनगढीमा जेठ २१ देखि स्थानीय कला प्रवर्द्धनका लागि धनगढी उत्सव -२०८३ हुँदै

धनगढी। धनगढीमा स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “धनगढी उत्सव २०८३” आयोजना हुने भएको छ। उत्सव धनगढी उपमहानगरपालिकाको कार्यालय र राष्ट्र बैंक चोकको बिच भागमा रहेको स्थानमा जेठ २१ गतेदेखि असार ११ गतेसम्म सञ्चालन गरिने धनगढी उत्सवका संयोजक गुणाकर पनेरुले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

प्रभात मिडिया एण्ड इभेन्ट प्रालिका अनुसार यो उत्सवलाई सानो तर प्रभावकारी महोत्सवको रूपमा सञ्चालन गरिने , जसमा विशेषगरी स्थानीय कलाकारहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिइनेछ। आयोजकले स्थानीय कलाकारहरूलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्य राखेर महोत्सव सञ्चालन गरिन लागेको प्रभात मिडिया एण्ड इभेन्ट प्रालिका अध्यक्ष प्रकाश छेडालले जानकारी दिए।

उत्सवमा करिब ३० वटा स्टलहरू रहनेछन् भने रमाइलो मेलाको समेत व्यवस्था गरिएको छ। यस्तै उत्सव सञ्चालनको अनुमानित लागत करिब १५ लाख रुपैयाँ रहेको छेडालले बताए ‌

विद्यार्थी र सर्वसाधारणका लागि प्रवेश शुल्क फरक तोकिएको छ। विद्यार्थीका लागि २० रुपैयाँ र अन्यका लागि ३० रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ।

मिनि महोत्सव अर्थात् धनगढी उत्सव-२०८३ ब्यवस्थापनको सम्पूर्ण जिम्मेवारी रुक्मणी टेन्ट हाउसले लिएको छ। उत्सवको करिब धेरै तयारी भइसकेको समेत व्यवस्थापनको जिम्मेवारी लिएका रुक्मणी टेन्ट हाउसका सञ्चालक सुरेश शाहले जानकारी दिए।

यस्तै उत्सव गर्मीयामलाई ध्यानमा राख्दै साँझ ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिनेछ

आयोजकले यस उत्सवबाट स्थानीय भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलसई महत्वपूर्ण योगदान पुर्याउने उद्देश्य लिएको बताए छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार