सिफारिस

नवजीवन अस्पतालमा उपचाररत सनम बिकको मृत्यु प्रकरण टुंगियो, २२ लाख क्षतिपूर्तिमा सहमति

धनगढी । कैलालीको धनगढी–४ स्थित नवजीवन अस्पताल मा उपचारका क्रममा सनम बिकको मृत्यु भएपछि उत्पन्न विवाद अन्ततः सहमतिमा टुंगिएको छ।

मृतकका परिवार र अस्पताल प्रशासनबीच भएको छलफलपछि अस्पतालले २२ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको परिवार पक्षले जनाएको छ।

टनसिलको शल्यक्रियापछि पुनः रक्तस्राव भएपछि अस्पताल भर्ना गरिएकी सनमको उपचारकै क्रममा मृत्यु भएको थियो। घटनापछि आफन्तहरूले स्वास्थ्यकर्मीको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै विरोध जनाएका थिए।

घटनालाई लिएर अस्पताल प्रशासन र परिवारबीच पटक–पटक वार्ता भएको थियो। अन्ततः २२ लाख रुपैयाँ क्षतिपूर्तिसहित दुवै पक्षबीच सहमति भएपछि विवाद साम्य भएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार