सिफारिस

ज्ञानेन्द्र शाहीको माग– प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई नेपालले भारतको जग्गा मिचेको प्रमाण पेस गर्न आग्रह गरेका छन् ।

सोमबार (जेठ १७) प्रतिनिधिसभा बैठकमा उनले त्यसबारे प्रमाण नभए प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग माग गरे ।

“प्रधानमन्त्रीका तथ्यबिना बोलिएको अभिव्यक्ति रेकर्डबाट हटाउनका लागि अपिल गर्छु,” उनले भने ।

उनले प्रधानमन्त्रीले बोलेको विषय चियाचौतारीको गफजस्तो नभएको टिप्पणी गरे । “यो सामान्य कुरा होइन । चिया पसलमा बोलेको कुरा होइन,” उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार