सिफारिस

धनगढीमा १४५ ग्राम खैरो हेरोइनसहित समातिए ‘ठूला तस्कर’

धनगढी । कैलालीको धनगढीबाट प्रहरीले १४५ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–९ बङराकटानका २७ वर्षीय निराजन ठगुन्ना र भारतको लखिमपुर जिल्ला पलियाका २८ वर्षीय रिङ्गल गुप्ता रहेका छन्। प्रहरीका अनुसार गुप्ता लागुऔषध कारोबारमा संलग्न ‘ठूला तस्कर’का रूपमा चिनिएका व्यक्ति हुन्।
लागुऔषध ब्यूरो महेन्द्रनगर र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। बिहीबार दिउँसो करिब १२ बजे धनगढी उपमहानगरपालिका–८ स्थित क्याम्पस चोक–जुगेडा सडकखण्डबाट उनीहरू पक्राउ परेका प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट १४५ ग्राम खैरो हेरोइन र एउटा मोटरसाइकल बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार