सिफारिस

कञ्चनपुरमा होटलमा ताेडफाेड गर्ने समूह प्रहरीकै अगाडिबाट फरार, भित्र बस्नेहरू मात्रै पक्राउ

कञ्चनपुरमा हाेटलमा ढुंगामुढा गर्दै ताेडफाेड गर्ने समूह प्रहरीकै आँखा अगाडिबाट भागेको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। घटनामा होटलभित्र रहेका केही व्यक्तिलाई भने प्रहरीले नियन्त्रणमा लिएर लगेको बताइएको छ।

भीमदत्त नगरपालिका–४ स्थित ग्रान्ड प्यासिफिक होटलमा शनिबार राति ५/६ जनाको समूह प्रवेश गरेर होटल सञ्चालक गोविन्द चन्दमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।  

सीसीटीभी फुटेजमा समूहले होटलभित्र प्रवेश गरेर तोडफोड, कुटपिट र आतंक मच्चाएको देखिन्छ। आक्रमणपछि केही व्यक्ति भाग्न सफल भएको तथा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।  

प्रतिक्रिया

सम्बन्धित समाचार