सिफारिस

धनगढीका सन्तोष महराले दिल्लीमा खोले “काठमाडौं स्टाइल झोलमोमो”, स्वादले भारतीय बजारमा मच्चायो तहल्का

जेष्ठ १२, नयाँ दिल्ली — कैलालीको धनगढीका युवा व्यवसायी सन्तोष महराले भारतको राजधानी नयाँ दिल्लीस्थित सुल्तानपुर मेन मार्केट रोडमा “काठमाडौं स्टाइल झोलमोमो” सञ्चालनमा ल्याएका छन् । नेपाली स्वादलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने उद्देश्यसहित सुरु गरिएको उक्त व्यवसाय अहिले स्थानीय तथा नेपाली समुदायबीच आकर्षणको केन्द्र बन्दै गएको छ ।
विशेषगरी काठमाडौंको मौलिक स्वादमा तयार गरिने झोलमोमोका कारण ग्राहकहरूको भिड बढ्न थालेको सञ्चालक महराले बताएका छन् । नेपाली मसला, अचार र परिकारको स्वादलाई प्राथमिकता दिइएको उनले जानकारी दिए ।
“दिल्लीमा नेपाली स्वाद खोज्ने धेरै हुनुहुन्छ । त्यसैले काठमाडौंको मौलिक झोलमोमोको स्वाद दिने प्रयास गरेका हौँ,” महराले भने ।
सुल्तानपुर क्षेत्रमा सञ्चालनमा आएको उक्त पसलमा नेपालीसँगै भारतीय ग्राहकहरूको पनि उल्लेख्य उपस्थिति देखिन थालेको छ । स्वाद, सरसफाइ र सेवा राम्रो भएकाले छोटो समयमै व्यवसाय चर्चामा आउन सफल भएको बताइएको छ ।
विदेशमा रहेर पनि नेपाली पहिचान र स्वादलाई जोगाउँदै व्यवसाय सुरु गरेका महराको प्रयासको सामाजिक सञ्जालमा समेत प्रशंसा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार