सिफारिस

कैलालीको पुनर्वास सीमा क्षेत्रमा भन्सार छलीका सामानसहित दुई भारतीय नागरिक पक्राउ

आइतबार पुनर्वास नगरपालिका–८ कंकड सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पुनर्वासबाट खटिएको टोलीले तस्करी गरी ल्याइएका सामानसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।

भारतीय नम्बर प्लेटका मोटरसाइकल UP 31 N 0233 र UP 31 AJ 4268 मार्फत भन्सार छली गरी अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ७ पेटी टायल र १ कार्टुन नमकिन बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत, जिल्ला लखिमपुर खिरी कृष्णनगर पलियाका ३६ वर्षीय सुनिल गुप्ता र जिल्ला लखिमपुर खिरी सम्पूर्णानगरका १९ वर्षीय विवेक कुमार रहेका छन्।

मोटरसाइकलसहित बरामद गरिएको करिब २ लाख २१ हजार रुपैयाँ बराबरका सामान तथा दुवै भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार