धनगढी । बझाङमा प्रहरीले चरेससहित एक युवतीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जयपृथ्वी नगरपालिका–१० बसपार्क क्षेत्रमा रहेको एक किराना पसलबाट २५ वर्षीया साधना बोहरालाई पक्राउ गरिएको हो ।
विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको कमाण्डमा खटिएको टोलीले शुक्रबार साँझ करिब ५ बजे पसलमा खानतलासी गर्दा ३१४ ग्राम ८४० मिलिग्राम चरेस बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराका अनुसार बरामद चरेससहित बोहरालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकी बोहराको मेडिकल परीक्षणपछि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।