धनगढी– सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको बिहीबार बसेको बोर्ड बैठकले १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता प्रदेशस्तरमा डडेलधुरामा आयोजना गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का को अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता डडेलधुरामा सञ्चालन गर्ने निर्णय गरेको हो । प्रदेश सदस्य सचिव लोक बहादुर खड्का का अनुसार सुदूरपश्चिमका नौ वटै जिल्लाबाट छनोट भएका खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रदेशस्तरीय प्रतियोगितापछि उत्कृष्ट खेलाडी छनोट गरिनेछ । छनोट भएका खेलाडीहरूले आगामी २० गतेदेखि २२ गतेसम्म काठमाडौं मा हुने केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागिता जनाउनेछन् ।