सिफारिस

दार्चुलामा चाैलानी नदीमा डुबेर ६ वर्षीय बालकको मृ`त्यु

धनगढी । दार्चुलामा चाैलानी नदीमा डुबेर एक बालकको मृ`त्यु भएको छ।

बिहीबार दिउँसो विद्यालयबाट घर फर्किने क्रममा नुहाउने बेला मार्मा गाउँपालिका–४ का ६ वर्षीय डम्बरसिंह धामी नदीमा डुबेर बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार खोजतलासका क्रममा धामीको श`व नदीबाट फेला परेको हो।

धामी तपोवन माध्यमिक विद्यालयमा अध्ययनरत रहेका थिए। घटनापछि स्थानीयवासी तथा परिवारमा शोक छाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार