कैलालीको अत्तरियास्थित इलाका प्रहरी कार्यालय मालाखेती (इप्रका) को प्रमुखमा प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महरा हाजिर भएका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको निर्णयअनुसार सुदूरपश्चिम गम्भीर अपराध अनुसन्धान शाखा धनगढीबाट सरुवा भई महरा मालाखेती आएका हुन्। उनले कार्यालयमा हाजिर भएसँगै शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध दुर्व्यसन नियन्त्रण तथा राजमार्ग सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।
यसअघि इप्रका मालाखेतीको नेतृत्व सम्हालिरहेका डीएसपी रणबहादुर चन्द डोटी सरुवा भएपछि उक्त पद रिक्त रहेको थियो। महरा अनुभवी प्रहरी अधिकृतका रूपमा परिचित छन्। उनले यसअघि विभिन्न जिल्लामा रहेर अनुसन्धान तथा सुरक्षा व्यवस्थापनको जिम्मेवारी सफलतापूर्वक सम्हालेका थिए।
मालाखेती क्षेत्र कैलालीको संवेदनशील तथा व्यस्त सुरक्षा क्षेत्रका रूपमा चिनिने भएकाले नयाँ नेतृत्वसँग स्थानीयले प्रभावकारी सुरक्षा व्यवस्थापन, तस्करी नियन्त्रण, सडक सुरक्षा र अपराध न्यूनीकरणमा थप सक्रियता अपेक्षा गरेका छन्।