सिफारिस

प्रशिक्षणका क्रममा निधन भएका सशस्त्र प्रहरीका परिवारलाई ४ लाख बढी आर्थिक सहयोग हस्तान्तरण

धनगढी, ५ जेठ/प्रशिक्षणका क्रममा निधन भएका शसस्त्र प्रहरी महेश सिंह महताका परिवारलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । दार्चुला जिल्लाको नौगाड गाउँपालिका–१ स्थायी घर भएका महता सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी, बाँके दरबन्दीका प्रशिक्षार्थी थिए ।

महताको निधनपछि शिक्षालयमा कार्यरत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूले स्वेच्छिक रूपमा आर्थिक सहयोग संकलन गरी ४ लाख १२ हजार ७४० रकम हस्तान्तरण गरिएको छ । १५ औँ पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभा मार्फत मृतकका बुवा धन सिंह महतालाई हस्तान्तरण गरिएको शिक्षालयले जनाएको छ । उक्त रकम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सूर्य बहादुर सेन ओलीले मृतकका परिवारजन तथा आफन्तहरूको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

शिक्षालयका अनुसार २०८३ वैशाख २१ गते राति टाउको दुख्ने तथा ज्वरोको समस्या देखिएपछि उनी शिक्षालयको मेडिकल कक्षमा पुगेका थिए । प्रारम्भिक उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएपछि राति २ बजे शिक्षालयको एम्बुलेन्समार्फत सशस्त्र प्रहरी बल नेपाल फिल्ड अस्पताल अत्तरिया, कैलाली लगिएपछि उपचारका क्रममा निधन भएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण शिक्षालयमा सञ्चालित सि.सं. २४० सशस्त्र प्रहरी जवान आधारभूत तालिममा महता सहभागी प्रशिक्षार्थी रुपमा कार्यरत थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार