सिफारिस

दिल्लीबाट धनगढी आउँदै गरेको बसमा तस्करीका सामान फेला

गौरीफन्टा : दिल्लीबाट धनगढीतर्फ आउँदै गरेको नेपाली नम्बरको मौलाकालिका यातायात प्रालिको बसबाट भारतीय सीमा शुल्क विभागले ठूलो परिमाणमा तस्करीका सामान बरामद गरेको छ ।

भारतीय भन्सार विभागका अनुसार दिल्ली–काठमाडौं रुटमा चल्ने सुप्रप ०१–००१ ख ३०६४ नम्बरको बसबाट हार्डवेयर सामग्री र मोटर पार्ट्स बरामद गरिएको हो । बससहित कुल १० लाख ८७ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको जनाएको छ ।

गौरीफन्टा सीमा शुल्क कार्यालयले शुक्रबार बिहान शंकाका आधारमा बस रोकी जाँच गर्दा बसको तल्लो भागमा बनाइएको गोप्य क्याबिन फेला परेको जनाएको छ । उक्त क्याबिनमा भन्सार छलि गरेर ल्याइएका हार्डवेयर सामग्री तथा मोटर पार्ट्स लुकाइराखिएको अवस्थामा भेटिएको थियो ।

बरामद सामानको मूल्य करिब ६ लाख रुपैयाँ रहेको अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय सीमा शुल्क कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार