जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीकी ४० वर्षीया हरदुलिया रानाको सोमबार बिहान माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
प्रहरीका अनुसार लालझाडी गाउँपालिका–४ जाइ क्षेत्रमा माटो खन्ने क्रममा एक्कासी ढिस्को खस्दा उनी पुरिएकी थिइन् । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा उद्धार गर्ने क्रममा उनको शव फेला पारेको जनाएको छ ।
घटनामा माटोको ढिस्कोले पुरिएर घाइते भएकी अर्की एक महिलाको संजीवनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।